कोभिडले चिनियाँ अर्थतन्त्रमा संकुचन
बेइजिङ । चीनको अर्थतन्त्रमा संकुचन आएको छ । यो वर्षको दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा संकुचन देखिएको हो । खासगरी कोरोना संक्रमणका कारण गरिएको लकडाउनले व्यवसाय र उपभोक्तामा असर गर्दा त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको बताइएको छ ।
अघिल्लो त्रैमासिकको तुलनामा जुनसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादनमा २.६ प्रतिशतले घटेको छ । चीनका मुख्य सहरहरु सांघाईलगायतमा पूर्ण र आंशिक लकडाउन गरिएको थियो । चीनले शून्य कोभिड नीति अख्तियार गरेको थियो । वार्षिक आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा अप्रिल–जुनमा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अर्थशास्त्रीहरुले भने एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेका थिए ।
अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री टमी वुका अनुसार दोस्रो त्रैमासिकको जीडीपी वृद्धिदर महामारी सुरु भएयताकै खराब हो । खासगरी सांघाईमा यो त्रैमासिकको सुरुदेखि नै आर्थिक गतिविधिमा असर गरेको थियो । चीनमा व्यवसाय गर्ने धेरै कम्पनीहरुलाई चीनको शून्य कोभिड नीतिले असर गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया