Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरजग्गा धितोमा अझै बढ्यो कर्जा

घरजग्गा धितोमा अझै बढ्यो कर्जा

६५ दशमलव सात प्रतिशतबाट ६६ दशमलव आठ प्रतिशत पुग्यो


काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेपमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पाँच दशमलव सात प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५ दशमलव तीन प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव आठ प्रतिशत, २७ दशमलव एक प्रतिशत र ५७ दशमलव एक प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३४ दशमव तीन प्रतिशत र ४८ दशमलव पाँच प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव ५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव सात प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव सात प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ ।

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव सात प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

घरजग्गामा गरिएको लगानीले प्रतिफल नदिएको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवाज उठे पनि बैंकहरुले त्यसलाई वास्ता गरेको देखिएको छैन । देशमा उत्पादन वृद्धि भएमा त्यसले आन्तरिक रुपमा सबल बनाउने र कतिपय उत्पादन विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने थियो । तर, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नबढ्दा देशमा आयात मात्र बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२ दशमलव सात प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२ दशमलव छ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १७ दशमलव नौ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६ दशमलव छ प्रतिशतले र हायर पर्चेज कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ५३ दशमलव आठ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७ दशमलव छ प्रतिशतले घटेको छ ।

आज पुनः १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले साउन १ गते अर्थात् आज सोमबार पुनः १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २७ गते पनि राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार साउन ३ गते मंगलबार जारी तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

Open photo

बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब २० करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ साउन ३१ गते र ९१ दिनेको २०७९ कात्तिक १ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने ती ट्रेजरीमा सबै पुरानो नवीकरण अन्तर्गतको रहेको छ ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x