Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँ–गाउँमा पुगेर कृषि बीमा गर्ने नेको इन्स्योरेन्सको घोषणा

गाउँ–गाउँमा पुगेर कृषि बीमा गर्ने नेको इन्स्योरेन्सको घोषणा


काठमाडौं । नेको इन्स्योरेन्सले ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो अभियानको घोषणा गरेका हुन् ।

कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले कृषकको घर–घरमा पुगेर कृषि बीमा गर्ने घोषणा गरे । कृषकले गरेको लगानीमा अप्रत्याशित नोक्सानीमा बीमा कम्पनीले सुरक्षा दिने हेतुले यस अभियान सञ्चालनमा ल्याएको कम्पनीका सीईओ खड्काले बताए । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा आकर्षण बढ्नसकेको छैन । जसकारण यस्ता क्षति भोग्नुपर्दा किसानहरुका जोखिमको सुरक्षण गर्न यस अभियान सञ्चालनमा ल्याएको सीईओ खड्काले बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई कृषि बीमाको भुक्तानी तत्काल दिन निर्देशक समेत दिए । उनले विभिन्न कारणले पीडामा परेका कृषकहरुलाई बीमा गरेका कम्पनीहरुले बीमा दाबी भुक्तानी समयमा नै नदिँदा अझ दुःख पर्ने हुँदा त्यस्ता कृषकको भुक्तानी तत्काल गर्नुपर्ने बताए ।

कृषि बीमालाई नाफामूलकभन्दा पनि सेवामूलक व्यवसायको रुपमा विस्तार गर्नुपर्ने र त्यसबाट उचित प्रतिफल हुने समेत निर्देशक पौडेलले बताए ।

कृषि अभियान घोषणा कार्यक्रममा समितिका अध्यक्ष सिलवालले कृषि बीमालाई अभियानको रुपमा सञ्चालन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन समेत दिए । सहरबाट गाउँ पसेका बीमा कम्पनीहरुलाई बीमाको अभियानसँगै बीमा दाबी भुक्तानी दिन समेत अभियान नै सञ्चालन गर्न समितिका अध्यक्ष सिलवालले निर्देशन दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x