Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने


काठमाडौं । निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार गर्दै आएका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी पनि मर्जरमा जाने भएका छन् । दुईवटै कम्पनीहरूले शनिबार एक–आपसमा गाभ्ने तथा गाभिने विषयमका सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरको लागि प्रभु र अजोड इन्स्योरेन्सबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि बन्ने कम्पनीमा अजोड इन्स्योरेन्सको एक सय कित्ता सेयर हुने सेयरधनीले प्रभुको ७० कित्ता मात्र सेयर पाउनेछन् । मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा प्रभुका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्र मल्ल र अजोडका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने विषयमा पनि दुवै कम्पनीहरूबीच सहमति भएको छ । यसैगरी सञ्चालक समितिको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने विषयमा पनि दुवै कम्पनीहरूबीच सहमति जुटेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x