Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सद्वारा पाँच सय एक करोड रुपैयाँ बीमाशुल्क संकलन

शिखर इन्स्योरेन्सद्वारा पाँच सय एक करोड रुपैयाँ बीमाशुल्क संकलन


काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–०७९ मा पाँच सय करोड बीमा शुल्क संकलन गरी नेपालमा पहिलो पटक पाँच सय करोडको व्यवसाय गर्ने पहिलो निर्जीवन कम्पनी बन्न सफल भएको जानकारी कम्पनीले दिएको छ । गत आर्थिक वर्ष र यस आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा २६ प्रतिशतले बढी हो ।

नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले परेका कुल २२ हजार सात सय ६८ दाबीमध्ये १९ हजार तीन सय ८५ दाबीहरूको कुल करिब रकम तीन सय करोडको दाबी व्यवस्थापन गरेको छ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले यस आवलाई दाबी फछ्र्यौट वर्षको रूपमा मनाइरहँदा यस कम्पनीले परेको दाबीको करिब ८५ प्रतिशत दाबी भुक्तानी गरी उत्कृष्ट नतिजा प्रदर्शन गरेको छ । बीमितको दाबी समयमा नै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरेर बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवं विश्वास आर्जन गरेमा व्यवसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी लि. नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पाजस्ता विकट जिल्लासहित कुल एक सय १० वटा शाखामार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेका अनुसार कम्पनी सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ जसमा नेपाल सरकार अर्थ मन्त्रालय, अन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय ललितपुरले आर्थिक वर्ष २०७१–०७२ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानपत्र प्रदान, नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आव २०७५–०७६ र आव २०७६–०७७ मा निर्जीवन बीमा कम्पनीहरूमध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबैभन्दा बढी नाफामूलक व्यवसाय प्रदान गरेकोमा सम्मानपत्र प्रदान, विसं २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेस ऐज संस्थाबाट बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल, कम्पनीलाई २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र ‘करोबार उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको थियो ।

नेपालको विकट जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई वर्षेनी मौसमका कारण स्याउखेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांक बीमालेखमार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण यूकेको एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड आयो रिसोर्सेन (एएनएसएबी) द्वारा २०१९ मा ५० हजार पाउन्ड स्ट्रर्लिङबराबर पुरष्कार राशि शिखर इन्स्योरेन्स कम्पनी लि.ले प्राप्त गरेको छ, २०२२ मा बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि ‘एचआरएम नेपाल अवार्ड’ पनि प्रदान ।

Open photo

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले आइक्रा एनपी ए रेटिङमार्फत सम्मान गरेको छ । यो मूल्यांकनले वित्तीय दायित्वहरूको सुरक्षाको लागि पर्याप्त डिग्री मानिन्छ । हाल सम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ प्राप्त गरेको छ ।

स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रूपमा रहँदै आएको यस कम्पनीले देशव्यापी रूपमा बीमाको पहुँच अभिवृद्धि गर्नमा समेत अग्रणी भूमिका खेल्दै आएको जानकारी पनि कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x