Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक दुई हजार २९ बिन्दुमा

सेयर बजार परिसुचक दुई हजार २९ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै दुई अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १८ दशमलव तीन अंकले उकालो लागेर दुई हजार २९ दशमलव ४३ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ७६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ११ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २३ हजार तीन सय ८३ पटकको कारोबारमा ३१ लाख ४२ हजार चार सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा किनबेच हुंदा कुल सेयर कारोबार रकमक एक अर्ब ३१ करोड २९ लाख ६२ हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ वटा उपसमुहहरु मध्ये ११ वटा उपसमुको सुचक उकालो लागेका छन् भने दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x