खाद्य असुरक्षा कम गर्न जी२० का नेता सहमत
बाली । ग्रुप अफ २० (जी२०) का नेताले हाल विश्वमा समस्याका रुपमा देखा परेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् । जी२० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो ।
जि२० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् । युक्रेन संकट र अन्य कारणहरुले हालैका दिनहरुमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीहरुको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।
बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भने, ‘हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज रहेको छ ।’
उनले जी२० मा आबद्ध रहेका सबै देशहरुले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताएका थिए । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया