साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने
रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो ।
साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए । उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो । राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डो-याउने बताए । यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ ।
उक्त, अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे । सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्यपूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया