Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारी दुर्घटनामा कमी

सवारी दुर्घटनामा कमी


दोलखा । जिल्लामा सवारी दुर्घटनामा कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आव २०७८/०८९ मा सवारी दुर्घटनामा कमी आएको हो । जिल्ला ट्राफिक कार्यालय दोलखाको तथ्यांकअनुसार गत आवमा दोलखामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सोही अवधिमा १२ जनाको सवारी दुर्घटना मृत्यु भएको थियो । यस्तै गत आवको एक वर्षको अवधिमा ४३ जना गम्भीर घाइते भएका थिए भने ३५ जना सामान्य घाइते भएको पाइएको छ । यस्तै साना–ठूला गरी ४२ वटा सवारी दुर्घटनामा परेका छन् । त्यस्तै जिल्ला ट्राफिक कार्यालय दोलखाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ४५ लाख आठ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा कार्यालयको राजस्व संकलनमा भने कमी आएको छ । सवारीकारबाही घटेकाले राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक कार्यालय दोलखा ट्राफिक प्रमुख विष्णुराज पुरीले जानकारी दिए ।

कार्यालयले आव २०७७/०७८ मा छ हजार सात सय १७ वटा सवारी कारबाहीबाट ५७ लाख ७० हजार पाँच सय रुपैयाँ राजस्व जम्मा गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ६४ वटा सवारी कारबाहीबाट ४५ लाख आठ हजार रुपैयाँ मात्रै राजस्व जम्मा गरेको छ । कार्यालयको तथ्यांकअनुसार गत आवमा एक हजार दुई सय ८५ वटा बस कारबाही परेका थिए, जसबाट १० लाख ५९ हजार पाँच सय राजस्व जम्मा भएको थियो । त्यस्तै एक हजार एक सय ४१ वटा ट्रक कारबाहीबाट आठ लाख ६१ हजार पाँच सय रुपैयाँ, एक सय एक सय १३ वटा कार जिप, भ्यान कारबाहीबाट १० लाख ७६ हजार राजस्व जम्मा भएको छ । त्यस्तै एक हजार पाँच सय मोटरसाइकल कारबाहीबाट १५ लाख आठ हजार रुपैयाँ, टेम्पो कारबाहीबाट दुई हजार र अन्य पाँच सवारी गरी पाँच हजार ६४ वटा सवारी कारबाहीमा जरिवानाबापत ४५ लाख आठ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x