Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंककोे ‘श्रीवृद्धि मुद्दती खाता’मा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंककोे ‘श्रीवृद्धि मुद्दती खाता’मा १० गुणासम्म प्रतिफल


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्री वृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिनेछ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरूले बैंकद्वारा तोकिएको समयावधिपश्चात् आफ्नो साँवा रकमको दुई गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरूले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै एक सय प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गहरूलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

सिद्धार्थ बैंककोे एक सय ९० वटा शाखा कार्यालयहरूबाट सहजै यो मुद्दती खाता खोल्न सकिनेछ । यस खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x