हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु
काठमाडौं । हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीले मर्जरमार्फत साउन १ गते आइतबारबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाउँबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
यी दुवै कम्पनीहरूले वैशाख २३ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । बीमा क्षेत्रमा भएको यो नै पहिलो मर्जर हो । होटल याक एन्ड यतिमा आइतबार आयोजित विशेष समारोहबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने सफल मर्जरको लागि गौरव महसुस गरेको बताएका थिए । आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुनेगरेको भन्दै मर्जर र पुँजीवृद्धिमार्फत सबल र दायरा विस्तार गर्ने लागि परेको अध्यक्ष सिलवालले बताए ।
बीमाको पोलीसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्नसक्ने बीमा पोलिसी चाहिने उनको भनाइ थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जरमार्फत सूचीकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे । दुवै कम्पनीहरूले वैशाख २३ गते एभरेष्टको एक सय कित्ताबराबर हिमालयन जनरलको ८५ अर्थात् १ः०.८५ को स्वाप रेसियो कायम गर्दै मर्जरको लागि तयार भएका थिए । मर्जरअघि हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्टको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख रूपैयाँ रहेको थियो । मर्जरपश्चात् बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया