रूस छोड्नुअघि सबै सम्पत्ति बिक्री गर्दै एचएन्डएम
मस्को । कपडाको संसारकै दोस्रो ठूलो खुद्रा बिक्रेता एचएन्डएमले रुस छाड्ने भएको छ । रुस छाड्ने भए पनि अस्थायी रुपमा केही समय आफ्ना पसलहरु सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
सबै सम्पत्ति बिक्री नहुन्जेल उसले पसलहरु सञ्चालन गर्ने भएको हो । युक्रेन युद्धका कारण रुसमा व्यवसायलाई निरन्तरता दिन नसकिने भएकाले रुसबाट बाहिरिन लागेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले गत मार्चमा आफ्ना सबै बिक्री निलम्बन गरेको थियो । फेब्रुअरीको अन्तिम हप्तातिर रुसले युक्रेनमाथि सैन्य आक्रमण थालेको थियो । उक्त आक्रमण अझै पनि रोकिएको छैन ।
एचएन्डएमका रुसमा डेढ सय स्टोरहरु र छ हजार कर्मचारी रहेका छन् । ठ्याक्कै यही समय र मितिमा रुस छाड्ने भन्ने निक्र्योल भने कम्पनीले गरेको छैन । ‘होसियारीपूर्वक विचार गरेपछि हामीले अहिलेकै अवस्थामा यहाँ व्यवसाय गर्न असम्भवप्रायः देख्यौँ’, कम्पनीकी प्रमुख कार्यकारी हेलिना हेल्मरसनले भनिन् ।
उनले रुस छाड्दा आफ्ना सहकर्मी साथीलाई पर्ने प्रभावबारे दुःख पनि व्यक्त गरिन् । उनीहरुप्रति कृतज्ञ रहेको जनाउँदै उनले ग्राहकलार्य पनि यतिका वर्ष व्यवसायमा साथ दिएकोमा धन्यवाद व्यक्त गरिन् । एचएन्डएम रुस छाड्ने धेरै ब्रान्डहरुमध्ये एक हो । बितेका महिना धेरै कम्पनीहरुले रुसी व्यवसाय बन्द गरेका थिए । पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि कम्पनीहरुले रुस छोड्न सुरु गरेका थिए । केही कम्पनीहरुले युक्रेनमाथिको ज्यादती असह्य भन्दै रुस छोडेका थिए ।
रुस एचएन्डएमको छैठौँ ठूलो बजार रहेको थियो । सन् २०२१ को चौथो त्रैमासिकमा ग्रुप सेलको चार प्रतिशतजति रुसले ओगटेको थियो । सन् २००९ मा व्यवसाय सुरु गरेको कम्पनीले क्रमशः त्यसलाई विस्तार गरिरहेको थियो । एचएन्डएम बाहिरिँदा यसको सञ्चालक ग्रुपलाई दुई अर्ब स्विडिश क्रोन अर्थात् १६ करोड पाउन्ड स्टर्लिङ घाटा हुने बीबीसीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
- देउती बज्यै सुर्खेतका महिला पुजारी मृत फेला
- कोप–२९ः नेपालको सन्दर्भ
- औद्योगिक विकासका लागि ठूला उद्योग
- प्रधानमन्त्रीको नाकैमुनि आठ करोडको भ्रष्टाचार
- स्विट सुपारी उत्पादन गर्ने उद्योगी बोहोराको कारोबार शंकास्पद
- कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन जलनपीडितको माग
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया