Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षामन्त्रीको काठमाडौंका मेयरलाई सुझाव

शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षामन्त्रीको काठमाडौंका मेयरलाई सुझाव


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक गुणस्तरमा ध्यान दिन काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई सुझाव दिएका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएकोले शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गरेर अगाडि बढ्न समेत उनले मेयर शाहलाई आग्रह गरे । यस्तै उनले शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी ‘विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन ?’ भन्नेतर्फ महानगरपालिकाको ध्यान जानुपर्ने बताए । काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै मन्त्री पौडेलले विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा समेत जोड दिए । ‘भौतिक पूर्वाधारसँगै नमूूना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुप-यो,’ उनले भने, ‘महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नेपर्ने पौडेलको भनाइ छ ।

भेटमा बालेन्द्र शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए । ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ मेयर शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुप-यो ।’ शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x