एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्ने
काठमाडौं । कोरियन प्रविधिको स्यान्डविच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।
पहिलो विजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्ति एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।
प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरी ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।
भाद्र दस गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा एसवाई नेपालमा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा सोही नाममा ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले व्यहोर्नुपर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवनलगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया