सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने योजना सुनाएका छन् । मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका उनले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने योजना रहेको बताएका हुन् ।
सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास र विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानले गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम र अनुसन्धानका कार्यक्रम अघि बढाउन सबै प्रदेशमा प्रतिष्ठानका शाखा कार्यालय विस्तार गर्नुपर्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा झापा, महोत्तरी र बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् । यस्तै उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मन्त्री श्रेष्ठले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्बन्धमा जानकारी लिएका थिए । प्रतिष्ठानबाट उत्पादित जनशक्तिमध्ये ९० प्रतिशत बढी रोजगारीमा आबद्ध भएका छन् । प्रतिष्ठानले हालसम्म ५७ हजार पाँच सय ७२ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ भने गत आर्थिक वर्षमा मात्र करिब १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका छन् । प्रतिष्ठानले पर्यटन उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम कार्यक्रम तथा परामर्स सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया