बामरोल लुब्रिकेन्ट नेपाली बजारमा
काठमाडौं, फागुन ११
एक सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । सो लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा भित्र्याएको हो ।
बिहीबार एक कार्यक्रमका बीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरे । सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारतलगायतका देशमा यसको बजारको अवस्थाबारे जानकारी प्रदान गरेका थिए ।
बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैँमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्षभित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए ।
कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउँदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे । न्यौपाने र खड्काले लुब्रिकेन्ट गुणस्तरीय भएमा यसको प्रयोग गर्न पनि गाडी धनीहरु उत्साहित हुने र कम्पनीहरुले यसमा ध्यान दिनुपर्ने बताए ।
गुणस्तरीय लुब्रिकेन्ट भएमा आगामी दिनमा यसको पर्फमेन्सका कारण ग्राहक संख्या बढ्ने र यो कार्यका लागि उनीहरुले कम्पनीलाई शुभकामना प्रदान गरे । बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् । कम्पनीले ८१ वर्षपहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारीसाधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउँदै आएको छ ।
बामरोललाई लुब्रिकेन्टको क्षेत्रमा सबैभन्दा विश्वसनीय र अनुभवी औद्योगिक तथा मोटर लुब्रिकेन्ट मानिने कम्पनीले बताएको छ । उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र दक्ष प्रदर्शनको पर्याय बामरोल भारतको सर्वाधिक ग्रिज उत्पादक कम्पनी तथा एसियाकै शीर्ष १० सर्वाधिक ग्रिज उत्पादक कम्पनीको रुपमा परिचित भएको बताइएको छ । बामरोललाई द इकोनोमिक्स टाइम्सले द बेस्ट ब्रान्ड २०१८–०१९ को रुपमा सम्मानित गरेको थियो । गुणस्तरीयता र वातावरणमैत्री लुब्रिकेन्टको रुपमा यसले विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्रहरु प्राप्त गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया