हुन्डाइको वर्ल्डकप २०२२ लक्षित ‘टेस्ट ड्राइभ क्याम्पेन’ सुरु
काठमाडौं । कार निर्माता हुन्डाइले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ । कम्पनीले फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाइले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो ।
अफरअन्तर्गत ग्राहकहरूले हुन्डाइको नेपालभरि रहेका कुनै पनि शोरुममा कुनै पनि कार टेस्ट ड्राइभ गरी फिफा विश्वकप २०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।
आजबाट सुरु भएको यो अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाइ शोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन् ।
यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहारस्वरूप आफूलाई मन पर्ने एक जना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् ।
यसरी जम्माजम्मी चार जना हुन्डाइको स्पन्सरसिपमा कतार जान पाउनेछन् । हुन्डाइ मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ ।
अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाइले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ ।
कम्पनीले भनेको छ, ‘साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याएको हो ।’
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ । इच्छुकले हुन्डाइ शोरुममा गई यो अफरमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया