Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डका उच्च अधिकारीहरूद्वारा भारतीय पुँजीबजारको भ्रमण

धितोपत्र बोर्डका उच्च अधिकारीहरूद्वारा भारतीय पुँजीबजारको भ्रमण

दीर्घकालीन सहकार्य स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता


काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)को निमन्त्रणामा यही असार २७ गतेदेखि असार ३१ गतेसम्म नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक कृष्णराज पोखरेल र कामु उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मासहितको टोलीले भारतीय पँुजीबजारको अध्ययन भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरूले सेबी, बम्बई स्टक एक्सचेञ्ज (बीएसर्ई), नेसनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस (एनआर्ईएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया (एमसीएक्स)का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल भएको बोर्डले जानकारी दिएको छ ।

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष श्रीमति माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबील शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्षबीच आगामी दिनमा यी निकायहरूबीच दीर्घकालीन सहकार्य स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको उत्कृष्ट अभ्यासहरू तथा अभ्यासहरूको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाइन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भयो ।

बोर्डका अध्यक्षसहितको टोलीले बीएसईका प्रमुख कार्यकारी अधिकृत श्री आशिष कुमार चौहानसहितको उच्च पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा उक्त एक्सचेन्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको थियो । सो क्रममा बीएसईका प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको भनाइ राखेको थियो ।

Open photo

त्यस्तै वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एनआईएसएमको भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, सञ्चालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारीरूपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको सञ्चालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भयो ।

यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्नका लागि खेल्नुपर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिवेक्षण के–कसरी गर्नुपर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी अध्ययनको क्रममा मुख्यतः रेगुलेटरी फ्रेम वर्क, डिजिटलाइजेसन अफ रेगुलेटरी सिस्टम, ट्रेडिङ सिस्टम, फाइनान्सियल लिट्रेसीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो । समग्रमा यस भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x