Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगर्मी बढेपछि बेलायतमा सनस्क्रिन र आइसक्रिमको बिक्री ह्वात्तै बढ्यो

गर्मी बढेपछि बेलायतमा सनस्क्रिन र आइसक्रिमको बिक्री ह्वात्तै बढ्यो


लण्डन । बेलायतमा घाममा निस्किँदा लगाउने सनस्क्रिन क्रिम र खाद्यवस्तु आइसक्रिमको बिक्री ह्वात्तै बढेको छ ।

तातो हावा कीर्तिमानी हिसाबले वहनथालेपछि मानिसहरु गर्मीको मारमा परेका छन् । सूर्यकिरणबाट छाला जोगाउने क्रिमको बिक्री ६६ प्रतिशतले र आइसक्रिमको बिक्री १४ प्रतिशतले बढेको बताइएको छ । बीबीसीका अनुसार जुलाई १० सम्मको चार हप्तामा बिक्री ह्वात्तै बढेको हो ।

यसबाहेक मानिसहरुले धेरै लाख पाउन्ड पंखा, प्याडलिङ पुलहरु र पानीका बोटलमा खर्च गरेका छन् । बेलायतमा अहिले तापक्रम अहिलेसम्मकै धेरै पुगेको छ । तर किराना वस्तुहरुको मूल्य पनि झण्डै झण्डै कीर्तिमानको नजिक रहेको बताइएको छ । खाद्य बिलहरु यो वर्ष चार सय ५४ पाउन्डले बढ्ने बजार अनुसन्धाता कम्पनी कान्तारले जनाएको छ ।

मंगलबार बेलायतमा तापक्रम ४०.२ डिग्री सेल्सियस पुगेको थियो । लन्डनको हिथ्रोमा गरिएको यो तापक्रम अहिलेसम्मकै पहिलो हो । तर केही स्थानमा भने ४२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको बताइएको छ । यसअघि सन् २०१९ को जुलाईमा यस्तै तातो हावाको लहर चलेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x