Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजबर्जस्ती करणी आरोपमा पुतलीसडकस्थित एक शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ

जबर्जस्ती करणी आरोपमा पुतलीसडकस्थित एक शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ


काठमाडौं । खराब बदनियत भएका अफिसका हाकिमहरुले आफ्नै कार्यालयका महिला कर्मचारीहरुलाई समेत बाँकी राख्दा रहनेछन् भन्ने कुराको पुष्टि यही असार ३१ गते काठमाडौंको पुतलीसडकमा भएको एउटा घटनाबाट भएको छ । पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको एउटा शैक्षिक परामर्श केन्द्रले आफ्नै कार्यालयकी महिला कर्मचारीलाई पुतलीसडककै एउटा होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेपछि यो घटनाको पुष्टि भएको हो ।

पीडितले नजिकैको स्थानीय प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार घटना यही असार ३० गते राति १२ बजेपछि अर्थात् यही असार ३१ गते बिहानको हो । आफूले काम गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले आफूलाई काठमाडौंको एउटा होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै ती महिला कर्मचारीले स्थानीय प्रहरीमा जाहेरी दिइन् । स्रोतका अनुसार पीडित महिलाले यही साउन ३ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई आधार मानेर प्रहरीले पीडक अर्थात् ती शैक्षिक परामर्श केन्द्रका प्रमुख कार्यकारी अधिकृतलाई साउन ४ गते बुधबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाको भानुनगरपालिका वडा ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ बस्ने ४१ वर्षीय युवक रहेका छन् । पक्राउ परेका ती युवकउपर काठमाडौं जिल्ला अदालतबाट बुधबार अनुसन्धानको लागि पाँच दिन म्याद थप भएको प्रहरी स्रोतले बताएको छ । यता पीडित युवतीले काम गर्ने संस्थामा भने ती युवती उक्त घटना भएदेखि नै नआएको खुलेको छ । उक्त शैक्षिक परामर्श केन्द्रमा रिसेप्सनको रुपमा काम गर्ने दुई जना महिला कर्मचारीहरु विदामा रहेको उक्त संस्थामै हाल कार्यरत रहेकी एक जना महिला कर्मचारीले बताइन् । आफूले काम गर्न थालेको दुई दिन मात्र भएकाले पुरानो घटनाबारे आफूलाई केही जानकारी नभएको ती कर्मचारीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x