सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । एक करोड २८ लाख रूपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिनेछ । एक पटकमा पाँचवटा सिलिन्डर तीन घण्टामा भरिनेछ । अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताइन् । उनले भनिन्, ‘स्वचालितरूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ, अब हिमाली जिल्लाका बिरामीहरूको एक समस्या हल भएको छ, धेरै समयको कोसिसपछि हामी जिल्लामै अक्सिजन उत्पादन गर्न सफल भयौँ, यसको सबैको साथ सहयोग छ, जिल्लावासीलाई स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्न पाउँदा हामी खुसी छौँ ।’
जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौँ रूपैयाँ खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर बाहिर लानुपर्ने बाध्यता थियो । आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया