काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बारेमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को बजेट आउनु अघिल्लो दिन राति गत जेठ १४ गते अर्थ मन्त्रालयभित्र बाहिरका मानिस ल्याएर करका दरहरु परिवर्तन गरेको आरोप शर्मामाथि लागेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गरेका थिए । समितिको समयावधि थप गर्ने सभामुखको प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया