Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकरियर मेला : सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर

करियर मेला : सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर


काठमाडौं । काठमाडौंमा आज शुक्रबार करियर मेला आयोजना हुँदै छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ । मेलामा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सूचना, प्रविधि र उत्पादनमूलक क्षेत्र र बैंक तथा वित्तीय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोका–कोला, गोल्छा ग्रुप, दराज, इ–सेवालगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीहरु हुन् ।

तीमध्ये २० कम्पनीले मेलाकै दौरान सक्षम जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरी निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाइ छ । मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सिलिङको अवसर पाउने समेत बताइएको छ । आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहालस्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । आयोजकले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ । मेलामा अन्तक्र्रिया कार्यक्रम (प्यानल डिस्कसन) का साथै सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x