Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्याकार ट्रेडिङ कम्पनी टाटा ग्रिन ब्याट्रिजको आधिकारिक ओईएम वितरक

स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रिन ब्याट्रिजको आधिकारिक ओईएम वितरक


काठमाडौं । नेपालको लागि होन्डा मोटरसाइकलरस्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रिन ब्याट्रिजको टू ह्विलर्स ब्याट्रिजको एचएमएसआई (होण्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होण्डा पावर प्रोडक्ट्स) र होण्डा मोटरर्सको आधिकारिक ओईएम वितरकको रुपमा नियुक्त गरिएको छ ।

टाटा ग्रिन ब्याट्रिज, टाटा अटोकम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ । टाटा ग्रिन ब्याट्रिजका सीईओ रवि गुप्ताले टाटा ग्रिन ब्याट्री, टु ह्विलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरुमध्ये एकमा पर्ने बताए । होण्डा मोटरसाइकल र स्कुटर इन्डिया, टीभीएस, जाभा, सुजुकी मोटरसाइकलमा यसको ब्याट्री प्रयोग हुने गरेको छ । स्याकार ट्रेडिङसँगको सहकार्यले कम्पनीले नेपालको बजार विस्तारलाई सहज बनाउने उनले बताए । यस्तै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु स्याकार ट्रेडिङको इतिहासमा एउटा नयाँ चरम पुग्नुसरह हुने बताए । कम्पनीको एक सय ५० बिक्रेताहरुको सञ्जालको पहँुचबाट नेपालको कुना कुनासम्म पनि होण्डा ग्राहकहरुसमक्ष टाटा ग्रिन ब्याट्रिज पु-याउने उनले विश्वास दिलाए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x