Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच सम्झौता

समृद्धि फाइनान्स र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच सम्झौता


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच बिहीबार सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूलाई होटेल थर्टी टु क्याफे एन्ड कफी स्टेसनले फुड र बेभरेजमा १० प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट दिने भएको छ ।

सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक विनोद राज पौडेल र थर्टी टु क्याफे एन्ड कफी स्टेसनका म्यानेजर अमन अइयरले हस्ताक्षर गरेका हुन् । पुतलीसडकमा शंकरदेव क्याम्पसनजिकै रहेको यो क्याफे धेरै नै भिडभाड हुने र स्वादिस्ट खाने कुराको लागि प्रसिद्ध छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत श्रीसुरज कुमार सर्राफले जनाएका छन् ।

समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x