Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंक २५औँ वर्षमा

एनआईसी एसिया बैंक २५औँ वर्षमा


काठमाडौं । एनआईसी एसिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको बैंकले जनाएको छ ।

‘यस अवधिमा बैंकप्रति अनवरतरूपमा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौँ । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारका छौँ त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ’, बैंकले भनेको छ, ‘साथै आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं ।’

बैंकले २५ वर्षको यात्रामा आफ्नो सेयरधनीहरूको सम्पत्तिलाई उच्चतत्र वृद्धि गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६–०५७ मा एक कित्ताबराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३ दशमलव १२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मूल्यमा नौ हजार पाँच सय २० रुपैयाँ ९७ पैसा प्रदान गर्न हामी सफल भएका जानकारी दिएको छ ।

त्यसैगरी देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८–०७९ मा मात्रै तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन सफल भएको जानकारी दिएको छ ।

साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकहरूमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसियाले गत आव २०७८–०७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आव २०७८–०७९ मा खुद मुनाफातर्फ चार अर्ब ५३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल १९ दशमलव ६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रतिसेयर आम्दानीतर्फ ३९ रुपैयाँ १३ पैसा आर्जन गर्न सफल भएको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई शून्य दशमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसैगरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३ दशमलव ५१ प्रतिशत र टायर १ क्यापिटल एडुकेसी रेसियो आठ दशमलव ९३ प्रतिशत पु¥याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आव २०७८–०७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई एनआईसी एसिया बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ सेवा प्रवाह गर्दै आएको छ । (आर्थिक (दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x