Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ अंकले ओरालो लाग्यो सेयर बजर

२७ अंकले ओरालो लाग्यो सेयर बजर


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ८७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन २७ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार १७ दशमलव ४६ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँँच दशमलव चार अंकले ओरालो लागेर तीन सय ८६ दशमलव २४ बिन्दुमा झरेको छ ।

यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २३ हजार आठ सय ६८ पटकको कारोबारमा ३३ लाख २० हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार सात सय ७० रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x