Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजबर्जस्ती करणीको आरोपमा पथ फाइन्डर इन्टरनेशल एजुकेसनका सीईओ धिताल पक्राउ

जबर्जस्ती करणीको आरोपमा पथ फाइन्डर इन्टरनेशल एजुकेसनका सीईओ धिताल पक्राउ


काठमाडौं । जबर्जस्ती करणीको आरोपमा काठमाडौंको पुतलीसडकस्थित पथ फाइन्डर इन्टरनेशनल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश्वर धिताल पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त मालिगाउँका प्रमुख डीएसपी मिन बहादुर कुँवरका अनुसार एक युवतीले दिएको जबर्जस्ती करणीसम्बन्धी जाहेरीका आधारमा ४१ वर्षीय धिताल पक्राउ परेका हुन् ।

पीडित युवतीको भनाइलाई उद्धृत गर्दै वृत्त प्रमुख कुँवरले भने, ‘घटना यही असार ३० गते राति १२ बजेपछि अर्थात् यही असार ३१ गते बिहानको हो । पीडित युवतीले आफूलाई धितालले काठमाडौंको तिरुपति होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिइन् । वृत्त प्रमुख कुँवरका अनुसार घटना असार ३१ गतेको भए पनि पीडित युवतीले साउन ३ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई आधार मानेर प्रहरीले ती कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत धिताललाई साउन ४ गते बुधबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको वृत्त प्रमुख कुँवरले जानकारी दिए ।

वृत्त प्रमुख कुँवरका अनुसार पक्राउ परेका धिताल तनहुँ जिल्लाको भानु नगरपालिका वडा ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ बस्दै आएका छन् । पक्राउ परेका धितालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार अनुसन्धानको लागि पाँच दिन म्याद थप भएको वृत्त प्रमुख कुँवरले जानकारी दिएका छन् ।

यता पीडित युवतीका आफन्तले भने जाहेरी फिर्ता लिनको आर्थिक एवं अन्य प्रलोभन देखाएर पीडकका आफन्तहरुबाट निरन्तर धम्की र दबाब आइरहेको बताएका छन् । पीडित युवती हाल आफन्तकै संरक्षणमा बस्दै आएको पीडित युवतीका आफन्तले बताएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x