Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक र नेपाल प्रहरीबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरीबीच सम्झौता


काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच सम्झौता भएको छ । बैंकका अनुसार न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न उक्त सम्झौता भएको हो । सम्झौताअनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ ।

बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूलाई उपचार गर्न वार्षिक चार लाख ८० हजार रूपैयाँ दिनेछ। बैंकले नारी बचत खाताबापत मासिक एक रूपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x