Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३औँ वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३औँ वार्षिकोत्सव


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३औँ वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरेका हुन् । सो अवसरमा महासचिव पोखरेलले ट्रेड युनियनहरूले कर्मचारीहरूको हकहित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जोशीले कर्मचारीहरूको तर्फबाट जायज ढङ्गले राखिएका मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले आफ्नो हकहितको लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्नेे बताए । सो कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठक, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका निवर्तमान अध्यक्ष हेमराज सुवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको संवर्द्धनका विषयमा व्यापकरूपमा विषयहरू उठान गरिएको थियो ।

कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरूहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीहरूलगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो । कार्र्यक्रममा दैविक/प्राकृतिक प्रकोपबाट पिडितहरूलाई सहायता गर्नका लागि राविया नेपाल रिलिफ फन्ड आभियान सार्वजनिक गरिएको थियो । रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा कावा अध्यक्ष रामप्रसाद जोशीले संघको झण्डोत्तलन र वृक्षरोपण गरेका थिए ।

साथै सो अवसरमा संघका उपमहासचिव लक्ष्मी ज्ञवालीको संयोजकत्वमा बैंक कर्मचारीहरूबीच भएको म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम गंगा भुर्तेल, द्वितीय प्रतिष्ठा बराल र तृतीय दुर्गा कंडेल भएका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरूमा समेत वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । यसैबीच साउन ४ गते वर्षिकोत्सव अवसरमा संघका कावा अध्यक्ष रामप्रसाद जोशीले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

त्यसपश्चात् प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपकार्यकारी अधिकृत विमल डंगोललाई ब्लडब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा एक सय २१ जना बैंक कर्मचारीहरूले रक्तदान गरेका थिए । कर्मचारी संघमा आबद्ध निवृत्त २७ जना बैंक कर्मचारीहरूलाई संघको आजीवन सदस्य पदक प्रदान गरिएको थियो । सथै बनेपा–५ स्थित घोकेचौर उद्यानलाई ११ हजार एक सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x