Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगललितपुर महानगरपलिकालाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर महानगरपलिकालाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण


काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेको छ । स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेको हो ।

आईएमई इलेक्ट्रिक प्रालि राफ्ट इलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १०० किमि रेन्जसम्म गुड्नसक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कुटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ । भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिकतम ३२० किमि रेन्ज दिनसक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कुटर अझ सुविधायुक्त हुने बताए । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x