‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म पाउने
कठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि बित्तीय कारोबार सञ्चालन गर्दै आएको एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।
सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले छ वर्ष चार महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले सात वर्ष एक महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । साथै पहिलो वर्षको लागि पाँच लाखसम्मको दुर्घटना बीमा र दुई लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३३ वटा एटीएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया