Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता

प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता


कठमाडौँ । प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता भएको छ । बैंकले युवा तथा महिला उद्यमीलाई वित्तीय कर्जा दिने विषयमा उक्त संस्थासँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेको बैैंकले जानकारी दिएको छ ।

सम्झौताअनुसार कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा साना किसानलाई सहज ढंगबाट वित्तीय कर्जा दिइनेछ । यो साझेदारीबाट युवा, महिला उद्यमी र साना किसानहरूको व्यवसाय विस्तार गर्ने उद्देश्य लिइएको बैंकले जनाएको छ । हेफरले उन्नत नश्लका पशुपालनमा किसानलाई सघाउँदै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x