Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा १३ जनामा भेटियो पोलियो संक्रमण

पाकिस्तानमा १३ जनामा भेटियो पोलियो संक्रमण


इस्लामावाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त मा १८ महिने बालकमा जंगली पोलियोभाइरसका कारण पक्षाघात भएको पुष्टि भएको छ । नेसनल इन्स्टिच्यूट अफ हेल्थले शुक्रबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार यस वर्ष मुलुकमा पोलियोको रोगीको संख्या १३ पुगेको छ ।

पाकिस्तानमा यो वर्ष देखिएका प्रायः सबै पोलियोका विरामी उत्तर पश्चिमी पाकिस्तानका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने यो क्षेत्रमा पोलियोे भाइरस संक्रमितको संख्या उल्लेख्य रहेको बताए । सरकारले पोलियो उन्मूलनको सुनिश्चितताका लागि व्यावहारिक कदम चालिरहेको छ । आवश्यकताका आधारमा जिल्लाहरुमा आकस्मिक रूपमा पोलियो खोपको सुविधा दिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा अगस्तको मध्यतिर पोलियो अभियान सुरु गरिने पनि मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x