श्रीलंकाका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन
कोलम्बो । श्रीलंकाका राष्ट्रपति रानिल विक्रेमेसिंगेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् ।
सिन्ह्वाका अनुसार वरिष्ठ सरकारी अधिकारीलाई राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न निर्देशन दिएका हुन् । सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउने आदेश दिएका हुन् ।
इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन संकट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो । माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउनुपर्ने राष्ट्रपतिले बताए ।
विक्रमसिंगेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए । श्रीलंकाले विदेशी मुद्रा अभावका कारण यस वर्षको सुरुदेखि नै इन्धन अभावको सामना गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया