Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौद्रिक नीति घोषणा पछिको सेयर बजार : ६१ अंकले उकालो लाग्दा दुई अर्ब ७३ करोड सेयर खरिद–बिक्री

मौद्रिक नीति घोषणा पछिको सेयर बजार : ६१ अंकले उकालो लाग्दा दुई अर्ब ७३ करोड सेयर खरिद–बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङ अर्थात सेयर धितो कर्जामा एकल कर्जा ग्राहक सिमा १२ करोड रुपैंयाँ कायम गरेसंगै यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । सो अनुसार मौद्रिक नीति घोषणा पछिको पहिलो दिन अर्थात आज आईतबार सेयर बजार परिसुचक (नेप्से) संगै कारोबार रकम पनि उकालो लागेको छ । जसअनुसार बजार परिसुचक ६१ दशमलव पाँच अंकले उकालो लागेर दुई हजार ७८ दशमलव ५१ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले उकालो लागेर तीन सय ९८ दशमलव ३३ बिन्दुमा चढेको छ ।

यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४२ हजार नौं सय ३० पटकको कारोबारमा ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुुरुपा यसदिन कुल सेयर कारोबार रकम दुई अर्ब ७३ करोड नौं लाख २७ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x