दिदीलाई १ अर्ब डलर बढी जरिवाना
चीनले राइड हेलिङ कम्पनी दिदीलाई आठ अर्ब दुई करोड ६० लाख युआन अर्थात् एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना गरेको छ । साइबर सुरक्षा कानुनको उल्लंघन गरेको आरोप लगाउँदै चीनले उक्त जरिवाना गरेको बताइएको छ ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले कम्पनीविरुद्ध तात्विक प्रमाण भेटेको दाबी गरेको छ । उक्त नियामकीय निकायले कम्पनीले अमेरिकामा सेयर जारी गरेको केही दिनमै दिदीविरुद्ध गत वर्ष अनुसन्धान थालेको थियो । त्यसयता न्युयोर्क स्टक एक्सचेन्जमा दिदीको सेयर कारोबार रोकिएको छ । सीएसीले दिदीका विश्व प्रमुख र प्रमुख कार्यकारी चेङ वेई र अध्यक्ष लिउ क्विङविरुद्ध दशौँ लाख डलर जरिवाना गरेको पनि बताएको छ ।
यसको प्रतिक्रियामा दिदीले जरिवानामा मञ्जुरी जनाउँदै गहिराइमा पुगेर आफ्नो परीक्षण गर्ने बताएको छ । गत वर्ष जुन महिनामा दिदी अमेरिकी सेयरबजारमा प्रवेश गरेको थियो । त्यसको केही दिनमै बेइजिङले विदेशमा सूचीकृत भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । डिसेम्बर महिनामा दिदीले अमेरिकी सेयरबजारबाट बाहिरिने योजना सार्वजनिक गरेको थियो । बरु हङकङको सेयरबजारमा प्रवेश गर्ने बताएको थियो । यो कम्पनी चिनियाँ सरकारको मुख्य निशानामा पर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया