मस्कसँग सम्झौताका लागि ट्विटरको खर्च ३ करोड ३० लाख डलर
अमेरिका । अर्बपति इलोन मस्कको प्रस्तावित खरिद सम्झौताका लागि ट्विटरले तीन करोड ३० लाख अमेरिकी डलर खर्च गरेको पाइएको छ । चर्चित सामाजिक सञ्जालले अप्रिल र जुन महिनाको बीचमा उक्त रकम खर्च गरेको बीबीसीले जनाएको छ । यसबाहेक ट्विटरका दैनिक प्रयोगकर्तासमेत बढेर २३ करोड ७० लाख पुगेका छन् । यसका बाबजुद ट्विटरले भने २७ करोड डलर खुद नोक्सानी भोगेको जनाएको छ । यसलाई सोचेभन्दा खराब मानिएको छ ।
त्यसयता मस्कले भने ट्विटर खरिदको मनस्थिति नै बदलेका छन् । उनले नकिन्ने भनेपछि ट्विटर अहिले अदालत गएको छ । यसको सुनुवाइ अक्टोबरका लागि तोकिएको छ । ट्विटरले मस्कले यो खरिद सम्झौता लत्याउन नसक्ने दाबी गर्दै आएको छ । सम्झौता लत्याए त्यसबापत एक अर्ब डलर तिर्नुपर्ने भनिएको छ । ट्विटरले पछिल्लो वित्तीय परिणामबारे खुलाउन चाहेको छैन । ट्विटरले प्राप्ति अड्किएको अवस्थामा अप्रिलदेखि जुनसम्मको विवरण सार्वजनिक गर्न मानेको छैन ।
मस्कले ट्विटरले झूठा एकाउन्टबारे विवरण नदिएको कारण देखाउँदै खरिद सम्झौताबाट पछि हट्नलागेको बताएका थिए । तर ट्विटरले भने मस्कले निहुँ मात्र झिकेको आरोप लगाएको छ । सन् २०२१ मा ट्विटरको राजस्व पाँच अर्ब अमेरिकी डलर थियो । तर पछिल्ला १२ महिनामा यसको सेयर मूल्यमा ४५ प्रतिशतले गिरावट आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया