एनआईसी एसिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ । सोही सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित मेरो जब लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । नेपालको सन्दर्भमा सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।
शिक्षित तथा अनुभवी व्यक्तिहरू जो आफ्नो योग्यता तथा क्षमताअनुसारको काम खोजिरहेको हुन्छन्, त्यस्तै विभिन्न रोजगारदाताहरू जसलाई उपयुक्त कर्मचारीहरू चाहिएको हुन्छ, यी दुवैबीचको पुलको रूपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रालि (हाल मेरो जब लिमिटेड)को स्थापना भएको हो । मेरो जब लिमिटेडले मेरो जब डटकम जब पोर्टलमार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ ।
हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरू दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरूले मानव संसाधन व्यवस्थापन सेवाहरू लिँदै आइरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनी एक हजारभन्दा बढी क्षमता वृद्धि कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा तालिमहरू प्रदान गर्दै आइरहेको छ ।
मेरो जब लिमिटेडले आगामी दिनहरूमा आफ्नो मानव संसाधन व्यवस्थापनसम्बन्धी अन्य सेवाहरू प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरू तथा रोजगारदाताले कम्पनीको आवश्यकताअनुरूपको कर्मचारी प्राप्त गर्न पुलको भूमिका निर्भाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाइको कम्पनीको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
साथै क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवासम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा इमेल ठेगानमा सोझै सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया