Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रिप्टो कारोबारीका आरोपित श्रेष्ठले विदेशी बैंकमा करोडौं कारोबार गरेको भेटियो

क्रिप्टो कारोबारीका आरोपित श्रेष्ठले विदेशी बैंकमा करोडौं कारोबार गरेको भेटियो


काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठले विदेशी बैंकमार्फत करोडौँ कारोबार गर्ने गरेको सार्वजनिक भएको छ । सोमबार प्रहरीले गत असार २९ गते क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको नुवाकोट दिनु न गरपालिका वडा नंं २ घर भई हाल काठमाडौंको पानीपोखरी बस्दै आएका अमित श्रेष्ठले गरेको कारोबार सार्वजनिक गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले श्रेष्ठको साथबाट बरामद भएका मोबाइल तथा ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गरेको थियो ।

परीक्षणको क्रममा प्रहरीले कम्मन वेल्थ बैंक अष्ट्रेलियाबाट एक लाख ९४ हजार दुई सय ८५ रुपैयाँ ५६ पैसाको कारोबार गरेको, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१ रुपैयाँ ३८ पैसा डलरको कारोबार गरेको तथा रोयल बैंक अफ क्यानडाबाटै सेयको कारोबार समेत गर्ने गरेको पाएको हो ।

त्यस्तै नेपाली एभरेष्ट बैंकको खाताबाट दुई करोड छ लाख छ हजार छ सय ९२ र एनआईसी एशिया बैंकको खाताबाट ६५ लाख २४ हजार नौ सय दश रुपैयाँ विभिन्न कम्पनीहरुमा सेयर लगानी गरेको पाएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्रहरीले श्रेष्ठको नबिल बैंक लि.मा क्यानडियन डलर ६७ हजार पाँच सय ९६ र ने.रू. ६५ लाख रहेको पाएको छ । श्रेष्ठको काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा जग्गा, ऐ महानगरपालिका वडा नं. ३ लाजिम्पाटमा जग्गा, ऐ पानीपोखरीमा ३ए२ अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलरको सामान बरामद गरेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x