Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रख्यात व्यापारी सुरज वैद्यको घरमा प्रहरीको छापा, ३६ जना पक्राउ

प्रख्यात व्यापारी सुरज वैद्यको घरमा प्रहरीको छापा, ३६ जना पक्राउ


काठमाडौं । प्रख्यात व्यापारी सुरज वैद्यको घरमा प्रहरीले छापा मारेको छ । पुरानो टोयोटाको शोरुम समेत रहेको वैद्यको तीनकुनेस्थित घरमा अवैध कल सेन्टर सञ्चालन रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय काठमाडौं तथा गौशाला प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले सोमबार छापा मारी ३६ जनालाई नियन्त्रणमा लिएको हो ।

चनियाँसँग वैध–अवैध सम्बन्ध रहेका प्रख्यात व्यापारी वैद्यको घरमा चिनियाँ नागरिकले स्काई वल्र्ड सर्भिस प्रालिको नाममा कानुनविपरीतको कार्य गर्ने गरेको विशेष सूचना प्रहरीकहाँ पुगेको थियो । छापा मार्न गएको प्रहरी टोलीलाई नै अभद्र व्यवहार गर्दै रोकिएपछि सुरुमा प्रहरीले आठ जना महिलालाई पक्राउ समेत गरेको थियो ।

प्रहरीले छापा मारी पक्राउ पर्नेहरुमा एचयु युुउहिया चिनियाँ नागरिक, अनुश केशरी, शुभेच्छा दाहाल, जिशन श्रेष्ठ, आरएस खड्का, सुनिल बाँस्कोटा, लाल बहादुर तामाङ, रुद्र बहादुर गुरुङ, राजन गुरुङ, राजेन्द्र भट्ट, भक्त बहादुर राना मगर, गंगा भट्टराई, निरुशा महर्जन, स्वप्निल बम, सुमन श्रेष्ठ, अक्षरत्न तुलाधार, विशाल नेपाली, जिशान सिद्दिके, मनोज सैनी, बिपिन राना, सोनु कठायत, राम प्रसाद खनाल, सुरेन्द्र मगर, मन्दिरा गजमेर, नेहा गुप्ता, रोहन चाम्लिङ राई, दिपक चन्द, नवराज भट्ट, संजय शाही, विक्रम टमाटा, लक्ष्मण आचार्य, जनम राई, विजय लामा, हिक्मत क्षेत्री, भगवत विश्वकर्मा र भुपेन्द्र भण्डारी रहेका छन् ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्न भन्दै प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । प्रहरीले घटनास्थलबाट नगद आठ लाख २९ हजार ५ सय ८५, ल्यापटप ३६१ थान, सीपीयू ७५५ थान, मनिटर (डेस्कटप) ६०५ थान, सीसीटीभी मनिटर एक थान डीभीआरसहित बरामद गरेको बताएको छ । वैद्य आफैँ उक्त कल सेन्टरका सञ्चालक हुन् वा उनले कल सेन्टर सञ्चालन गर्न भाडामा चिनियाँलाई दिएका हुन् भन्ने खुल्नसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x