Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गरिने

पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गरिने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा काठमाडौं महानगरपालिकालाई पनि सहभागी गराउने बताएका छन् ।

मन्त्री श्रेष्ठलाई भेट्न सोमबार मन्त्रलाय पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग उनले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदायात्राको सुरुवात गर्ने योजना रहेकोले यहाँका स्थानीय सरकारहरूसँग सहकार्य गर्ने बताएका हुन् । साथै उनले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए । पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ’होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको उनको भनाइ थियो ।

महानगरपालिकाले खुला पार्क निर्माण तथा सम्पदा संरक्षण र संवर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

महानगरप्रमुख साहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न सहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिँदै जात्रा व्यवस्थापनमा सरकारबाट हुनसक्ने सहयोगबारे चासो राखेको थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताए । परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x