Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण बजारमा

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण बजारमा


काठमाडौं । डीएचआई इलेक्ट्रोनिक्स प्रालिले नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै डीएचआई ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु सार्वजनिक गरेको छ ।

डीएचआईका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरुअन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरलगायतका अन्य घरेलु उपकरणहरु रहेका छन् । कम्पनीले डीएचआई ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । अझ विशेष गरी महिलाहरुले आफ्नो रुचि, करियर वा परिवारसँग बिताउनका लागि थप समय र ऊर्जा प्राप्त गर्नेछन् । देशमा पेट्रोलियम पद्धार्थको आयातले व्यापारघाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको ऊर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डीएचआईका ऊर्जा कुशल विद्युतीय उपकरणहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डीएचआई ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले कम्पनीका उत्पादनहरु निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध रहेको बताए । कम्पनीले करिब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएको छ । पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर गरी डीएचआई ब्रान्डअन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको जनाएको छ । यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपालभर आफ्नो सेवा सन्जाल समेत विस्तार गरिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x