Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको ‘एक–से–एक बचत खाता’

मेगा बैंकको ‘एक–से–एक बचत खाता’


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीनवटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरू ल्याइएको हो । यी योजनाहरूमा ८ दशमलव शून्य तीन प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

यसैगरी यी तीनैै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र ई–कमर्स रजिस्ट्रेसन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरूलाई रिटेल लोन प्रक्रिया शुल्कमा शून्य दशमलव २५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ । बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै आएको छ । बैंकका देशभरकै दुई सय आठवटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरूबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x