Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ‘भिडियो केवाईसी सेवा’

सानिमा बैंकको ‘भिडियो केवाईसी सेवा’


काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरू आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

भिडियो केवाईसी सुविधामार्फत ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्षरूपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरू जस्तैः कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइन खाता खोल्दा भिडियो केवाईसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्षरूपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत गरिनेछ ।

भिडियो केवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोड सम्म खर्च गर्न सक्नेछन् । बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय र एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x