Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनमाथि रुसी क्षेप्यास्त्रको डरले गहुँको मूल्य बढ्यो

युक्रेनमाथि रुसी क्षेप्यास्त्रको डरले गहुँको मूल्य बढ्यो

केही दिनअघि भएको निर्यात सम्झौता संकटमा


लन्डन । सोमबार अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य फेरि बढेको छ । युक्रेनी बन्दरगाह ओडिसामा रुसले क्षेप्यास्त्र हान्ने डरले गहुँको मूल्य बढेको रोयटर्सले जनाएको छ ।

गत सप्ताहान्तमा मात्रै गहुँ निर्यातको लागि करिडोर खुल्ला गर्ने सम्झौता भएको थियो । तर यो सम्झौता नै संकटमा परेको बताइएको छ । रुस, युक्रेन, संयुक्त राष्ट्रसंघ र टर्कीले शुक्रबार तीन युक्रेनी ब्ल्याक सी बन्दरगाह अन्नअनाज निर्यातका लागि खुल्ला गर्ने सम्झौता गरेका थिए । उनीहरुले एक सय २० दिनका लागि यस्तो सम्झौता गरेको बताइएको छ ।

सम्झौताअनुसार प्रतिमहिना ५० लाख टन निर्यात हुने अपेक्षा गरिएको थियो । तर रुसी क्षेप्यास्त्रको डरले फेरि गहुँको मूल्य बढ्न पुगेको छ । सिकागो बोर्ड अफ ट्रेडमा गहुँको मूल्य झण्डै चार प्रतिशतले बढेर ७.८६ डलर प्रतिबुसेल (मापनको आधार) पुगेको बताइएको छ । गत शुक्रबार भने छ प्रतिशतले घटेको थियो ।

फेब्रुअरीमा रुसले आक्रमण गरेयता युक्रेनी बन्दरगाहहरु बन्द छन् । यसले केही अन्न निर्यातमा कठिनाइ भएको छ । यही कारण अहिले विश्वका अधिकांश देशमा मूल्यवृद्धि चुलिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x