टर्कीले अवैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउने
इस्तानबुल । टर्कीले जबर्जस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अवैध अफगान आप्रवासीहरूलाई इस्तानबुलबाट काबुल पठाउने भएको छ । अवैध आप्रवासीहरूलाई उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा प्रेसले टर्कीको राज्य–संचालित एनाटोलियन एजेन्सीलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ ।
टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टरेटको प्रतिवेदन अनुसार सन् २०२२ को सुरुदेखि टर्कीका अधिकारीहरूले लगभग २८ हजार कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन् । यो आँकडामा यस्ता घटना सन् २०२१ देखि ७० प्रतिशतले वृद्धि भएको देखाउँछ ।
टर्की गृह मन्त्रालयका अनुसार जनवरी २७ बाट अफगानिस्तानका लागि उडान सुरु भएदेखि टर्कीले १८ हजार दुई सय ५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको छ ।
अनियमित आप्रवासीहरूले गैरकानुनी रूपमा देशमा प्रवेश गरेको, भिसा र रेसिडेन्सी कानुन तोडेको, अनुमति बिना काम गरेको, विभिन्न किसिमका ठगीका घटनामा संलग्न रहेको र सार्वजनिक सुरक्षालाई खतरामा पारेको आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपथ मूल्य पसलमा भीड
- दशैंको साइत २६ गते बिहान ११ः३६ बजे
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया