गुगलका सहसंस्थापककी श्रीमतीसँगको सम्बन्ध मस्कले अस्वीकार गरे
अमेरिका । टेस्लाका मालिक इलोन मस्कले निकोल शानहानसँग कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । निकोल गुगलका सहसंस्थापक सर्जेई ब्रिनकी श्रीमती हुन् । मस्कसँगको सम्बन्धकै कारण सर्जेईको श्रीमतीसँग सम्बन्धविच्छेद भएको समाचार वाल स्ट्रिट जर्नलमा छापिएको थियो । सोही सम्बन्धका कारण ब्रिनसँगको मित्रता समेत टुंगिएको समाचारमा उल्लेख गरिएको थियो । उनले उक्त समाचारलाई झूठो भनेका छन् । मस्कले ब्रिनसँग अझै पनि आफ्नो मित्रता रहेको दाबी गरेका छन् । गत राति मात्रै ब्रिनसँग सँगै पार्टी गरेको ट्विटरमा उनले खुलाएका छन् ।
समाचारमा भने मस्क गत वर्ष निकोलसँग जोडिएको बताइएको थियो । सर्जेईले यही कारण अघिल्लो वर्ष सम्बन्धविच्छेद गर्नुपरेको दाबी गरिएको थियो । मस्क र सर्जेई दुवै प्रविधि क्षेत्रका धनाढ्य हुन् । मस्क र निकोलको सम्बन्ध रहेको भनिएका बेला डिसेम्बरमा सर्जेई र उनको श्रीमतीबीच सम्बन्धविच्छेद भएको थियो । तर अहिले पनि उनीहरु सँगै बसिरहेको जर्नलले जनाएको छ । ब्रिन र शानहानले अहिले सम्बन्धविच्छेदलाई अन्तिम रुप दिइरहेका छन् । यो डिभोर्स एक अर्ब डलरबराबरको हुने बताइएको छ । यो दम्पती चार वर्ष सँगै रहेको थियो । निकोल कानुनी प्रविधि कम्पनी क्लियरएक्सेसआईपीकी संस्थापक तथा क्यालिफोर्नियाकी अधिवक्ता हुन् । उनको बाया इको फाउन्डेसन पनि छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दशैंको साइत २६ गते बिहान ११ः३६ बजे
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया