बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रूपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । ८१ लाख २१ हजार तीन सय १४ रूपैयाँको सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो ।
कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका अनुसार साउन महिनामा भारतबाट आठ लाख ५५ हजार पाँच सय २० रूपैयाँ, भदौमा १० लाख ५३ हजार नौ सय तीन रूपैयाँ, असोजमा १३ लाख ३४ हजार नौ सय ८३ रूपैयाँ, कात्तिकमा नौ लाख १९ हजार तीन सय ८२ रूपैयाँ, मंसिरमा १० लाख ५५ हजार २२ रूपैयाँ, पुसमा दुई लाख ३८ हजार तीन सय ६३ रूपैयाँको सामान आयात भएको थियो ।
यस्तै माघ महिनामा चार लाख ९१ हजार तीन सय ७२ रूपैयाँ, फागुनमा पाँच लाख ८४ हजार तीन सय ८२ रूपैयाँ, चैतमा तीन लाख चार हजार नौ सय ५२ रूपैयाँ, वैशाखमा दुई लाख ३३ हजार ८९ रूपैयाँ, जेठमा चार लाख २९ हजार पाँच सय २४ रूपैयाँ र असारमा छ लाख २० हजार छ सय २२ रूपैयाँको सामान भित्रिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा भन्सार महसुलबाट १६ लाख तीन हजार आठ सय ७३ रूपैयाँ, भन्सार सेवा दस्तुरबाट ८७ हजार पाँच सय रूपैयाँ, मूल्य अभिवृद्धिकरबाट छ लाख ६३ हजार चार सय ६८ रूपैयाँ, अन्तःशुल्कबाट १२ हजार ५६ रूपैयाँ गरी २३ लाख ६६ हजार आठ सय ९७ रूपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा कार्यालयले ४३ लाख ६१ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार आठ सय ९७ रूपैयाँ मात्रै संकलन भएको हो । अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी वा काठमाडौंबाटै ल्याउने गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आर्थिककर्मी बस्नेत सम्मानित
- बैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण
- धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय
- सुपथ मूल्य पसलमा भीड
- दशैंको साइत २६ गते बिहान ११:३६ बजे
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया