Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकुखुराफार्ममा बाढी पस्दा तीन लाखको क्षति

कुखुराफार्ममा बाढी पस्दा तीन लाखको क्षति


दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर–८ शैलुङ पोखरेमा बलराम खड्काको कुखुराफार्ममा बाढी पस्दा तीन लाखबराबरको कुखुरा नष्ट भएका छन् । सोमबार राति कुखुराफार्ममा लेदो माटोसहितको बाढी आएर छ सयवटा ब्वायलर कुखुरा मरेको व्यवसायी खड्काले बताए ।

खड्काले गत असार २५ गते छ सयवटा कुखुराफार्ममा हालेका थिए । बाढीले कुखुरासहित १० बोरा दाना, तीनवटा ग्यास सिलिन्डर र कुखुरालाई चारोपानी दिने भाडा र फार्ममा क्षति गर्दा तीन लाखको क्षति भएको उनले बताए । फार्मभन्दा केही माथिबाट झरेको पहिरो र बाढी गाउँमा छिर्दा गाउँनजिकै रहेकोे आफ्नो सेतीदेवी कृषि तथा पशुपन्छी फार्म पूर्णरूपले क्षति हुन पुगेको व्यवसायी खड्काले बताए । पहिरोले सोही गाउँ पोखरेका चारवटा घर उच्च जोखिममा परेका छन् । त्यसैगरी जिल्लाको सदरमुकाम चरीकोट नजिकैको कालिज फार्ममा चितुवा पसेर पाँच सयभन्दा बढी कालिज मारेको छ ।

भीमेश्वर नगरपालिका–७ मा रहेको दुधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार राति पसेको चितुवाले पाँच सयभन्दा बढी कालिज मारेको हो । शनिबार राति फार्म पसेको चितुवाले दुई दिनको अवधिमा फार्म रहेको करिब पाँच सयवटा कालिज मारेको थियो । चितुवालाई दुई दिनपछि सोमबार डार्टिङ गरी लठ्याएर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x